मकवानपुरमा गाँजा र चरेश सहित पाँच जना पक्राउ, कार वरामद

हेटौंडा । मकवानपुरका दुई स्थानबाट प्रहरीले लागूऔषध गाँजा र चरेश सहित पाँच जनालाई पक्राउ गरेको छ । मकवापनुर प्रहरीले हेटौंडा–१५ रातोमाटे लच्का र राक्सीराङ गाउँपालिकाबाट लागूऔषध चरेश, गाँजा सहित पाँच जनालाई पक्राउ गरेको हो ।
हेटौंडा १५ रातोमाटेबाट बिआर ०१ पीएफ ७९९८ नम्बरको भारतिय कारमा लुकाएर लैजान लागिएको अवस्थामा तीन जना भारतिय नागरिकलाई पक्राउ गरेको हो । कारको अगाडीभागमा रहेको एसी चल्ने स्थानमा चरेश राखेर निकासी गर्न लासिगएको थियो ।
मकवानपुरबाट भारत तर्फ निकासी गर्न लागेको ४ केजी ९ सय ग्राम चरेश सहित भारत बिहार मजुपफरपुर जिरोमाईरोड बस्ने २८ बर्षिय शिवराज सिंह, सोही स्थानका २४ बर्षिय ज्ञानीकुमार पास्वान, भारत बिहार शिवहर तरीहानी छपरा बस्ने २४ वर्षिय राजु महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताउनुभयो ।
यसैगरी मकवानपुरको राक्सीराङ गाउँपालिका–४ कालिका दोभानबाट १२ केजी ४ सय ग्राम लागूऔषध गाँजा सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने २६ बर्षिय राजकुमार थिङ्, सोही ठाउँका २१ ब्र्षिय दिपेश थिङलाई पक्राउ गरिएको हो । उनीहरुलाई हिडीरहेको अवस्थामा संका लागेपछी प्रहरीले सोधपुछ गरेर बरामद गरेको थियो ।