बुधबार विवाह गर्दै एलिना, जन्तीसहित निस्किए विष्णु

जनपत्र
५ बैशाख २०८१, बुधबार ०६:१०

चर्चित गायिका एलिना चौहान बुधबार विवाह बन्धनमा बाँधिँदै छिन् । बाग्लुङका निवासी विष्णु सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् ।

विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोड स्थित बिर्ता पार्टी प्यालेसमा आयोजना हुँदैछ । साङ्गीतिक कार्यक्रम सिलसिलामा साइप्रस पुगेकी एलिना सोमबार नेपाल फर्किएकी छन् । मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । जसमा उनी निकै खुसी देखिएकी छन् ।

alina-chauhan

दुलाहा विष्णु सापकोटा भने एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार झापा तर्फ निस्किएका छन् । बुधबार विहानसम्म झापाको बिर्तामोड पुग्ने सापकोटाले बताए । सापकोटा दुलाहकै पहिरनमा सजिएर जन्तीसहित झापा हिँडेका हुन् ।

एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अष्ट्रेलिया बस्दै आएका छन् ।

bishnubishnu1bishnu2

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*