‘ड्रीम गर्ल’ बन्यो आयुष्मानको सबैभन्दा ठूलो ओपनर
बलिउड अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म ‘ड्रीम गर्ल’ लाई क्रिटिक्सबाट निकै राम्रो रिभ्यू र रेटिङ मिलेको छ । यसको सिधा असर फिल्मको पहिलो दिनको बक्सअफिस कलेक्सनमा परेको छ । राज शान्डिल्य निर्देशित फिल्मले ओपनिङ डेमा सानदार प्रदर्शन गरेको छ । यो फिल्म आयुष्मानको सबैभन्दा ठूलो ओपनर बनेको छ ।
उनको अहिलेसम्म प्रदर्शन भएका फिल्ममध्ये ‘ड्रीम गर्ल’ ले पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने रेकर्ड आफ्नो नाम गरेको छ । यो फिल्मले पहिलो दिन बक्सअफिसमा सानदार प्रदर्शन गर्दै १० करोडभन्दा पनि बढीको व्यापार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कमाईको आँकडा ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।
यो फिल्मले पहिलो दिन भारतीय बजारमा १० करोड ५ लाख कमाउँदै धमाकेदार ओपनिङ गरेको छ । यसअघि आयुष्मानको सबैभन्दा ठूलो ओपनर गत वर्ष प्रदर्शनमा आएको फिल्म ुबधाई होु थियो । यसले पहिलो दिन ७ करोड ३५ लाखको व्यापार गरेको थियो । पहिलो दिन नै १० करोडको व्यापार गर्ने आयुष्मानको ‘ड्रीम गर्ल’ पहिलो फिल्म हो ।







