मकवानपुर क्याम्पसमा आठ जना सदस्य निर्वाचित, सञ्चालक समितिले पायो पूर्णता

जनपत्र
२८ भाद्र २०७६, शनिबार १८:३०

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको आजको निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । यसअघि क्याम्पस सञ्चालक समितिको अध्यक्षमा अनन्त पौडेल र लेखा समितिको अध्यक्षमा हरि हुमागाई निर्बीरोध निर्वाचित भइसक्नु भएको छ । आज सञ्चालक समितिका सदस्यहरुका लागि निर्वाचनबाट चयन भएसंगै बाट क्याम्पस सञ्चालक समितिले पूर्णता प्राप्त गरेको हो ।

सदस्यहरुमा कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, बद्रीप्रसाद लंसाल, बिष्णुप्रसाद दाहाल, कृष्ण प्रसाद धिताल, प्रलाद लामिछाने, अशोक शाक्य र राजिव सुवेदी निर्बाचीत हुनुभएको छ । क्याम्पसका ५५ जना सदस्य मध्यमा ७१ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले वताउनुभयो ।

आठ जना सदस्यका लागि निर्वाचन हुनुपर्नेमा १४ जनाको उमेदवारी परेको थियो । पाँच जनाले उमेद्वारले आज १ बजे सम्ममा उमेद्वारी फिर्ता लिएका थिए । आठ जनाका लागि नौ जनाको उमेद्वारी कायम रहेकाले निर्वाचन भएको थियो । निर्वाचित सबैलाई प्रमुख निर्वाचन अधिकृत काफ्लेले टिका र खादा ओढाएर बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष अनन्त पौडेलले क्याम्पसलाई नयाँ उचाइमा पु¥याउने वताउनुभयो । निर्वाचनका वेलामा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अव क्याम्पस नेपालकै उत्कृष्ट क्याम्पसको रुपमा अगाढी बढाईने वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*