इरानी आक्रमणविरुद्ध इजरायलको रक्षामा उत्रिए अमेरिका र बेलायत

जनपत्र
२ बैशाख २०८१, आईतवार ११:२५

काठमाडौं । इरानले आइतबार बिहान इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ ।

सीबीएस न्यूजसँग कुरा गर्दै दुई अमेरिकी अधिकारीले अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको जिकिर गरेका छन् । यी कुन प्रकारका ड्रोन थिए भन्ने जानकारी भने नखुलाइएको बीबीसीले लेखेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्नो देश इजरायलका जनताको सुरक्षाका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

उता, बेलायतले पनि आफ्नो रोयल एयर फोर्स (आरएएफ)ले आवश्यकता अनुसार ड्रोन रोक्ने बताएको बीबीसीले लेखेको छ । बेलायतको रक्षा मन्त्रालयले इरानबाट हुने आक्रमण रोक्न थप लडाकु विमानहरू तैनाथ गरिएको जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*