राजस्थानका कप्तान सामसनलाई १२ लाख भारु जरिबाना

जनपत्र
२९ चैत्र २०८०, बिहीबार १५:४०

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई १२ लाख भारु जरिबाना भएको छ ।

गए राति गुजरात टाइटन्ससँग ‘स्लो ओभर–रेट’ ढिलो गरी खेलेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले राजस्थानका कप्तान सामसानलाई जरिबाना तिराएको हो । गए राति भएको खेलमा राजस्थान गुजरातसँग अन्तिम बलमा तीन विकेटले पराजित भएको थियो ।

यसअघि बीसीसीआईले ‘स्लो ओभर–रेट’ मा गुजरातका कप्तान शुभमन गिल, दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई जरिबाना गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*