साल्ट सूचना कर्पोरेशनले तेल उत्पादन गर्ने

जनपत्र
२८ भाद्र २०७६, शनिबार ०६:०६

नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट सूचना कर्पोरेशनले तोरी तेल उत्पादन गर्ने भएको छ । हेटौँडामा रहेको नेपाल वनस्पति घ्यू उद्योग सञ्चालन गरी चितवनलगायत तराईरमधेशका कृषकबाट तोरी खरीद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको कर्पोरेशनले जनाएको छ ।

निजी क्षेत्रका व्यापारीसँगको सहकार्यमा निकट भविष्यमा नै कर्पोरेशनले एलजिएस प्रविधिबाट ‘प्रि इञ्जिनीयरिङ हाउस’ आम उपभोक्तामाझ ल्याउने तयारी गरिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । कर्पोरेशनको ५७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कर्पोरेशनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारको नीति र नियमभित्र रही दैनिक उपभोग्य वस्तुका अतिरिक्त रासायनिक मलको बिक्री वितरण गर्दै आएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*