सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको एक लाख ३६ हजार ८ सय रुपैयाँ पुग्यो

जनपत्र
२८ चैत्र २०८०, बुधबार १२:१४

काठमाण्डौ – आज सुनको भाउमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ३६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुन ताेलाकाे एक लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको  छ । चाँदी ताेलामा १५ रुपैयाँले बढेर एक हजार सात रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएकाे छ । हिजो चाँदीकाे भाउ एक हजार छ सय ८५ रुपैयाँ रहेको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*