हेटौंडाका डेंगुका विरामीलाई परिक्षण गर्न ३३१ वटा किट हस्तान्तरण

जनपत्र
२७ भाद्र २०७६, शुक्रबार १६:२७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगुका बिरामीलाई मध्यनजर गर्दै आज परिक्षण गर्ने किट हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गर्नुभयो ।

उपमहानगरले ३ सय ३१ वटा डेंगु परिक्षण गर्ने किट जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका ल्याव टेक्नीसिएन राजकुमार इटेनीलाई डेंगु परिक्षण गर्ने किट हस्तान्तरण गरिएको हो । नगरवासीहरुले तिरेको करले उपमहानगरपालिका चलेकाले नगरवासी बिरामी पर्दा सहयोग गर्नेगरी सहयोग गरिएको मेयर महतले वताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय, हेटौंडा अस्पताल पनि प्रदेश सरकार मातहत भएपनि आफुहरुले नगरवासीहरुको हितको लागि डेंगु किट सहयोग गरिएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*