एक्सको सफाइ अभियान सुरु गर्दै छन् मस्क
अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कका निर्णयहरू प्रायः हैरान पार्ने खालका हुन्छन् । हरेक पटक एक्समा उनले कम्पनीबारे कुनै घोषणा गर्दा केही न केही हलचल मच्चिन्छ । मस्कले हालै मात्रै एक्समा सफाइ अभियान चलाउने बताएका छन् । यो अभियानका कारण तपाईँको एक्स एकाउन्टमा फलोअर एक्कासि घट्न सक्नेछ ।
एक्सको आधिकारिक ह्यान्डलमा गरिएको पोस्टका अनुसार कम्पनीले नक्कली एकाउन्टहरू धमाधम डिलिट गर्दै छ । साइटलाई स्पाम प्रि बनाउने अभियान अन्तर्गत कम्पनीले यो अभियान चलाउन लागेको हो । ट्विटर किन्नु अघि देखि नै मस्कलाई यसमा भएको नक्कली र बोट एकाउन्टसँग समस्या थियो ।
कम्पनी किन्ने बेलामा यही विषयलाई लिएर उनले निकै बबाल गरेका थिए । ट्विटर मस्कको हातमा आएयता उनले बेला बेलामा यसबाट फेक अकाउन्ट हटाइरहेका थिए । अब भने यसलाई उनले अभियानकै रूपमा चलाउने भएका छन् ।एजेन्सी







