दुई महिनापछि सुरु हुँदै नागढुङगा-नौविसे सुरूङमार्गको निर्माण, आगामी साता ठेक्का सम्झौता
बहुचर्तित नागढुङगा–नौविसे सुरूङमार्ग दुई महिनापछि मात्रै निर्माण सुरु हुने भएको छ। गत असारमै शिलान्यास गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको भएपनि पाँच महिना ढिला गरी निर्माण थाल्न लागिएको हो।
आगामी साता ठेक्का सम्झौता गर्ने र नोभेम्वरबाट काम सुरु गर्ने योजनाका साथ काम भैरहेको नागढुङगा–नौविसे सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए।
उनका अनुसार गत साता जापानी टोलीसँग आयोजना सम्वन्धमा पाँच दिनसम्म छलफल चलेको थियो। छलफलपछि १८ सेप्टेम्वरसम्ममा सम्झौता गर्ने निर्णय भएको हो। बैंक ग्यारेण्टी सहित प्रक्रिया सकेर जापानी कम्पनी आगामी साता नेपाल आउन लागेको छ। आयोजनाका अनुसार सुरुङमार्ग निर्माण गर्न जापानी कम्पनी हाज्मा–आन्दो जेभीसँग सम्झौता हुँदैछ।
आगामी साता ठेक्का सम्झौता गर्न लागिएको भएपनि दँशै तिहारपछि मात्रै निर्माण कार्य सुरु हुनेछ।