विश्व बैङ्कले अफगानी महिला उद्यमीलाई सहयोग गर्ने

जनपत्र
२४ चैत्र २०८०, शनिबार ११:५९

विश्व बैङ्कले विशेषगरी महिलाको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायलाई सहयोग गर्ने भएको छ । त्यसका लागि एक करोड ६० लाख अमेरिकी डलर बराबरको रकम छुट्याएको खामा प्रेसले जनाएको छ । यो कार्यक्रम महिला लक्षित रहेको अफगानिस्तानका लागि विश्व बैङ्ककी निर्देशक मेलिन्डा गुडले बताउनुभयो ।

परियोजनाको उद्देश्य अफगानिस्तानमा साना वित्तीय क्षेत्रलाई सुदृढ पारी साना व्यवसाय र महिला नेतृत्वको उद्यम व्यवसायको पुनर्निर्माण गर्नु र निजी क्षेत्रको पुनरुत्थानमा योगदान पुर्याउनु रहेको छ । विश्व बैङ्कका अनुसार अफगानिस्तानको काबुलसहित विभिन्न १५ वटा प्रान्तमा वित्तिय सहयोग केन्द्रित हुनेछ ।

यसबाहेक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले महिलाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले अरु विभिन्न परियोजनाको घोषणा गरेको छ । यसले अफगानिस्तानको अर्थतन्त्रलाई पनि बढावा दिने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*