गायक रवि ओडविरुद्ध श्रीमतीले दर्ता गरिन् करणीको मुद्दा

जनपत्र
२४ चैत्र २०८०, शनिबार ०५:४४

चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध वैवाहिक करणी मुद्दामा पक्राउ पूर्जी जारी भएको छ ।

गायक ओडकी श्रीमतीले गत चैत २० गते इलाका प्रहरी कार्यालय झलहरीमा ओडविरुद्ध जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिए ।

उनले भने, ‘पक्राउ पूर्जी जारी भएको छ । अनुसन्धान हुँदै छ । हामीले उहाँलाई भेटेका छैनौँ ।’

ओडको घर कञ्चनपुरको गुलरिया हो । उनी अहिले सांगीतिक कार्यक्रमका लागि विदेशमा रहेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*