‘रातो टिका निधारमा’ पोस्टरमा साम्राज्ञी र अंकितको प्रेम

जनपत्र
२७ भाद्र २०७६, शुक्रबार ०६:०४

भेट्रान निर्देशक अशोक शर्मा निर्देशित नयाँ फिल्म ‘रातो टिका निधारमा’ आउँदो असोज १० गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ । यसको एक रोमान्टिक गीत र ट्रेलर सार्वजनिक भइसकेको छ । भोली ९शुक्रबार० फिल्मको शिर्ष गीत सार्वजनिक गर्ने तयारीमा छन्, निर्देशक शर्मा । यो फिल्मले खडेरी लागेको नेपाली फिल्मको व्यापार उकास्ने अपेक्षा गरिएको छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको निर्माण टिमले प्रचार(प्रसारलाई आक्रामक बनाएको छ । यसबीच, फिल्मको प्रचार सामाग्रीको रुपमा पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मकी प्रमुख अभिनेत्री साम्राज्ञी आरएल शाह र नव(अभिनेता अंकित शर्मालाई सर्वाधिक स्थान दिइएको छ । फिल्मको थिमअनुसार पोस्टर तयार पारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*