प्रदेश–३ को प्रदेशसभाबाट ४५ वटा बिधेयक पारित

राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ
जनपत्र
२६ भाद्र २०७६, बिहीबार ०९:४४

हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेशसभाबाट हाल सम्म ४५ वटा बिधेयक पारित भएको छ । प्रदेश सभा गठन भएदेखि हाल सम्म ४५ वटा बिधेयक दर्ता भएर ४५ वटै बिधेयक पारित भएको हो । ४५ वटा बिधेयक मध्यमा ३८ वटा बिधेयक प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रमाणिकरण गरिसक्नु भएको छ ।

प्रदेशसभाको बर्षे अधिवेशन सकिएसंगै चौथो अधिवेशन सकिएको हो । प्रदेशसभा सचिवालयले आज हेटौंडामा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । प्रदेश सभाको चौथो अधिवेशनबाट भने १७ वटा बिधेएक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले वताउनुभयो । चौथो अधिवेशनमा सात वटा बिधेयकहरु दर्ता भएको उहाँले वताउनुभयो ।

राजधानीको बिषय आगामी बैठकमा

प्रदेशसभा गठन भएको डेढ वर्ष बितीसक्दा पनि अझै पनि राजधानीको बिषय टुङ्गीएको छैन । राजधानी र नामाकरणको बिषय आगामी हिउँदे अधिवेशनमा टुङ्गो लगाउने सभामुख श्रेष्ठले वताउनुभयो । अवको अधिवेशनबाट पछी सार्न नपर्ने वताउँदै उहाँले भन्नुभयो–‘राजधानी र नामाकरणको बिषय टुङ्गो लगाउने अधिकार प्रदेश सभाको हो । तर, राजनीतिक सहमती होस भनेर पर्खीएका हौ । अवको अधिवेशनमा टुङ्गो लगाउँछौ ।’

सहमती जुटाउनका लागि मात्र आफुहरु पर्खीएको उहाँले वताउनुभयो । सर्बसम्वतले राजधानीको बिषय टुङ्गो लगाउनका लागि आफु तयार रहेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*