मकवानपुरमा भिरबाट लडेर बालिकाको मृत्यु
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–६ ठुलोसुधाककी ८ वर्षिय बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । स्थानीय सन्दिप भोम्जनको छोरी पुर्णिमा भोम्जन घरबाट निस्कि हिडेको र खोजतलास गर्दै जाँदा भिरबाट लडेर मृत्यु भएको अवस्थामा स्थानीयले फेला परेका हुन् ।
आफ्नै घरदेखी दुइ सय मिटर पश्चिममा रहेको बाघ भैरब सामुदायिक बनको सुधाभिरबाट लडि मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।






