अबको बजेट पहुँचका आधारमा होइन आवस्यक्ताका आधारमा बनाउँदै छौं–प्रधानमन्त्री प्रचण्ड
हेटौंडा । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट बनाउँदा पहुँचका आधारमा नभइकन आवस्यक्ताका आधारमा निर्माण गरिने बताउनु भएको छ । आज निर्माण व्यावसायी महासंघको २५ औं साधारणसभाको हेटौंडामा उद्घाटन् गर्दै उहाँले पहुँचका आधारमा बजेट निर्माण गर्दा विकास बजेट खर्च नहुने समस्या बढेकाले अब फरक तरिकाले बजेट बनाइने बताउनुभयो ।
पहिलेको तुलनामा अर्थतन्त्रमा सुधार आएको तर, अझै दवावमा रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । बजेट बनाउँदा निजि क्षेत्रको पनि सहयोगबाट तयार पारिने बताउनुभयो । अर्थतन्त्रको दवावलाई कम गर्नका लागि धेरै काम गरिएको उहाँको भनाई छ ।
सरकारले निर्माण उद्योग मैत्री कानून निर्माण गर्नका लागि लागिपरेको बताउनुभयो । निर्माण व्यावसायीहरुको बक्यौता रकम भुक्तानी हुने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । निर्माण क्षेत्रमा राम्रा काम गर्नका लागि अब आफै कमाण्ड लिने बताउनुभयो । राज्यले निर्माण व्यावसायी मैत्री वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।






