बागमती प्रदेशः पर्यटन मन्त्री बर्जाचार्यको सपथग्रहण आज साँझ ६ बजे

जनपत्र
१५ चैत्र २०८०, बिहीबार १६:३४

हेटौंडा । बागमती प्रदेशमा आज साँझ मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । हाम्रो नेपाली पाटीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई आज प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गरेर आजै सपथग्रहण गराउन लागिएको हो ।

बर्जाचार्यलाई आज साँझ ६ बजे मन्त्रीमा नियुक्त गर्दै सपथग्रहणको तयारी भएको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जनपत्रलाई जानकारी दिनुभयो । काठमाण्डौंबाट हेटौंडा आउने भएकाले आज सपथ्रग्रहण केही ढिलो भएको र आजै मन्त्रीमा नियुक्त भएर पदभार पनि ग्रहण गर्ने कार्यतालिका रहेको छ ।

यस प्रदेशमा नयाँ गठवन्धनको सरकार गठनका लागि एक सांसद अपुग भइरहेको समयमा आज हाम्रो नेपाली पार्टीका सांसद बर्जाचार्यलाई प्रदेशको मन्त्री बनाउन लागिएको हो ।

आजै मन्त्रीमा नियुक्त गर्नका लागि मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुखको कार्यालयको तयारी अन्तिमचरणमा रहेको छ । काठमाण्डौंमा रहेका बर्जाचार्य हेटौंडा हवाइजहाज मार्फत आउन लाग्दा उढान प्रभावित भएकाले ढिलो भएको हो ।

बागमती प्रदेशमा सत्ता गठबन्धनलाई बहुमतका लागि एक सांसदको समर्थन नपुगेकै समयमा हाम्रो नेपाली पार्टीले सत्ता पक्षबाट आफ्नो सांसद अपहरण गरिएको आशङ्का व्यक्त गरेको छ । तर, मुख्यमन्त्री जम्मकट्टेलले भने सांसदलाई के अपहरण गर्नु मन्त्री नियुक्त गर्न लागिएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*