विद्युतको लाइन सर्ट भएर हेटौंडाको नारायणी कलेजमा आगलागी

जनपत्र
१३ चैत्र २०८०, मंगलवार १९:३५

हेटौंडा । विद्युतको लाइन सर्ट भएर हेटौंडाको नारायणी कलेजमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका(१०, स्थित तुलसी मेहर बोर्डिङ तथा नारायणी कलेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगो हेटौंडा उपमहानगरपालिकाको दमक, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आज साँझ ५ बजेर २५ मिनेटको समयमा कलेजमा आगलागी भएको हो। आगलागीबाट एक कोठा बराबरको जस्तापाताको क्षति भएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*