मकवानपुरगढीमा सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीयो, चालक गम्भिर घाइते

जनपत्र
१३ चैत्र २०८०, मंगलवार १९:१६

हेटौंडा । मकवानपुरगढीमा सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीएको छ । यसका चालक गम्भिर घाइते भएका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटनामा परेको हो। बिरामी पुर्‍याएर फर्कँदै गर्दा मकवानपुरगढी ७ नरसिंह डाँडामा अनियन्त्रित भई सडकदेखि ५०० मिटर तल खसेको वडा नम्बर ७ का वडा सदस्य प्रतिमान रुम्बाले जानकारी दिनुभएको छ।

दुर्घटनामा एम्बुलेन्स चालक मकवानपुरगढी वडा नम्बर–७ नरसिंह डाँडाका पेमा रत्न तितुङ गम्भीर घाइते भएका छन्। गम्भिर घाइते चालकको हेटौंडाको सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*