असोज २ गतेबाट आउँदै जिग्री, पाँडेको ‘सक्किगोनी’
गएको शुुक्रबारबाट मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’प्रसारणमा आयो । तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भद्रगोल’का टीमले नयाँ हाँस्य टेलिशृंखला ल्याउने भएका छन्। बुधबार काठमाडौंमा प्रेस मिटको आयोजना गर्दै टीमले हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ ल्याउने घोषणा गरेका हुन्। निर्माण कम्पनी मिडिया हवसँगको आर्थिक मामिलामा कुरा नमिलेपनि भद्रगोलका सम्पुर्ण कलाकारहरु मिडियाहवबाट ‘भद्रगोल’ टीमअलग्गिन बाँध्य भएका हुन्। केही दिन अघि देखिनै सामाजिक सञ्जालमार्फत कलाकारहरुले ‘टीम त्यही, थिम त्यही, तर फरक नाममा’ भन्दै नयाँ टेलिशृंखला आउँने बारे जानकारी दिदै आएका थिए । तर नाम सार्वजनिक गरेका थिएनन् । अन्ततस्टीमले प्रेसमिट गर्दै नाम सार्वजनिक गरेका छन्।
टोलीले नयाँ सिरियल असोज २ गते बिहिबारबाट प्रसारणमा आउने जनाएको छ। यसअघि भद्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने सक्किगोनी पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन्। टेलिशृंखलामा पहिलाकै भद्रगोलका कलाकारहरु कुमार कट्टेल ९जिग्री०, अर्जुन घिमिरे ९पाँडे०, गोविन्द कोइराला ९जइन्ते०, हरि निरौला ९क्रकोज०, सागर लम्साल ९बले०, रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहने छ । यस्तै भद्रगोलका सुरुवातका इपिसोडमा देखिएका कलाकारहरुपनि अबको नयाँ शृंखलामा देखिने भएका छन् । शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’लाई पनि ‘सक्किगोनी’मा देखिने भएको छ। यसअघि यी दुईकलाकार भद्रगोलको केहि इपिसोडमा काम गरेपछि आन्तरिक कुरा नमिल्दा टिमभन्दा बाहिर काम गर्दै आएका थिए।







