गायिका एलिना भन्छिन्- वैशाख ५ मा बिहे पक्का

जनपत्र
१३ चैत्र २०८०, मंगलवार ०६:२६

 गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कस्ने भएकी छन् । यो जोडीले दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको हो । 

कार्यक्रमका लागि अहिले चितवनमा रहेकी एलिनाले वैशाख ५ गते विवाह गर्ने पक्का भएको खबरहबलाई जानकारी दिइन् ।

उनले भनिन्, ‘झापाबाट विवाह गर्ने पक्का भएको छ । विवाहको योजना पहिलादेखिकै हो ।’

केही समयअघि विष्णुसँगको प्रेम सम्बन्धमा दरार आएको विषय झुटो भएको समेत उनले बताइन् 

उनले भनिन्, ‘हामी दुवैले केही भनेका थिएनौं त्यसै सम्बन्ध बिग्रियो भन्ने चर्चा भयो ।’

एलिनाका अनुसार विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । उतै भेटघाट भएर दुई जनाबीच निकटता बढेको एलिनाको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*