मकवानपुरमा बाघको आक्रमणबाट चार वटा गाइको मृत्यु

जनपत्र
१२ चैत्र २०८०, सोमबार १९:०५

हेटौंडा । मकवानपुरमा बाघको आक्रमणबाट चार वटा गाइको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–७ मनसाही जरायोटारमा बाघको आक्रमणबाट चार वटा गाइको मृत्यु भएको छ ।

स्थानीय ६५ वर्षिय रुद्र बहादुर रानाको ४ वटा गाई चराउनको लागी मनकामना सामुदायिक बनमा छाडेकोमा बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय मनकामना सामुदायिक बनमा ४ वटा गाई मृत अबस्थामा फेला परेको भनी टेलिफोन मार्फत स्थानियले जानकारी गराए पश्चात प्रहरी चौकी झुरझुरेबाट प्रहरी टोली खटी गई हेर्दा बाघले मारेको २ वटा गाईको पछाडीको शरिरको भाग खाएको २ वटा आक्रमण गरि मारेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*