सुख्खायाम सुरु भएसँगै मकवानपुरमा बढ्यो वन डढेलोको घटना

जनपत्र
३ चैत्र २०८०, शनिबार ०६:३०

हेटौंडा । पछिल्लो समय मकवानपुरका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै डढेलो तथा आगलागीका घटना पनि बढेको हो । मकवानपुरमा आगलागीका घटना प्रायः वैशाखको दोस्रो साताबाट बढी हुनेगरेको मानिन्छ । तर, यस वर्ष चैत महिना देखिनै डढेलोका घटना बढ्न थालेका छन् ।

डढेलोका कारण मकवानपुरका दश वटै स्थानीय तह प्रभावित भएका छन् । डढेलोको नियन्त्रणका लागि काम सुरु गरिएको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत हेम कुमार पाठकले बताउनुभयो ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा धेरै डढेलेका घटना हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने वनका प्राविधिकहरु बताउँछन् । यो वर्ष तापक्रम पनि बढेको र हिउँदको समयमा पर्याप्त मात्रामा पानी नपरेकाले डढेलोका घटनाहरु बढ्न सक्ने आकलन गरिएको छ ।

जोखिमयु्क्त समय आउन बाँकी रहँदा मकवानपुरका विभिन्न स्थानमा डढेलोका घटनाहरु बढ्न थालेपछि स्थानीयहरु चिन्तित भएका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा दमकल भएपनि अरु स्थानीय तहहरुसँग दमकल नहुँदा डढेलो तथा आगो नियन्त्रण गर्न समस्या हुने गरेको छ ।

मकवानपुरमा हुने सबैजसो डढेलोका घटना मानवीय कारणबाट नै हुनेगरेको छ । मानिसको लापरबाही र हेलचेक्र्याइँका कारण नै डढेलोका घटना बढ्ने गरेका छन् ।

मानिसको लापरबाही र हेलचेक्र्याइँका कारण नै डढेलोका घटना बढ्ने गरेका छन् । वनभोज जाँदा चुरोटका ठुटाहरु जथाभावी फाल्दा, नयाँ पालुवा पलाउने गलत मनसाय राख्दा तथा चोरी सिकारी गर्न सहजता होस् भन्ने गलत मनसाय राखेर आगो लगाउँदा डढेलोका घटना हुनेगरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*