बागमतीमा विश्वासको मत फेल पारेर नेतृत्व लिन्छौँ : बहादुर सिंह

जनपत्र
३० फाल्गुन २०८०, बुधबार ०८:११

केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै बागमती प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस अलग भइसकेको छ।  सत्ता समीकरणबाट बाहिरिँदै बागमतीबाट कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिइसकेका छन्। कांग्रेसका मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछप शालिकराम जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ। कट्टेलले एकमहिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ।

बागमती प्रदेशसभामा नयाँ गठबन्धनका रास्वपा र जसपा छैनन्। एमाले र माओवादीलाई सरकार बनाउन साना दलको समर्थन आवश्यक छ। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको आवश्यक पर्छ। प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सदस्य छन्।

एमाले, माओवादी र एकीकृत समाजवादीको कुल सांसद ५५ सदस्य छन्। प्रदेशसभामा बहुमत पुर्‍याउन उनीहरुलाई थप १ जनाको समर्थन चाहिन्छ। हाम्रो नेपाली पार्टीलाई सहभागी गराए मात्र प्रदेशसभामा बहुमत पुग्छ। सरकार गठनका लागि बहुमत पुग्नै नसक्ने बातावरण बनाउन कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने गरी समीकरण निर्माणमा अघि बढिसकेको छ। यसै सन्दर्भमा बागमतीमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावना के कति छ? यिनै विषयमा केन्द्रित रहेर  निशा गुरुङले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामासँग गरिएको कुराकानीको सम्पादित अंश :

करिब एक वर्ष मन्त्री रहनुभयोयो अवधि कस्तो रह्यो

हामीले लोकतन्त्रलाई संस्थागत गर्नलाई र प्रजातन्त्रलाई एक किसिमबाट संसदीय प्रणालीलाई राम्रो व्यवस्थापन गर्नको लागि हामी अगाडि बढेका थियौँ। सरकारमा बसेर केही राम्रो कामहरु पनि गरेका थियौँ।

जनताको आवश्यकता जनताको इच्छा आकांक्षालाई परिपूर्ति गर्नका लागि प्रदेश सरकारले गर्नुपर्ने कामहरुका लागि अगाडि बढ्दै थियो। तर, केन्द्रमा राजनितीक परिवेश फरक ढंगबाट गयो जुन हामि बाम गठबन्धनमा थियो। गठबन्धनमा केही अफ्ठेरो परिस्थिति सिर्जना भइसकेपछि यो सरकारमा बसिरहन औचित्य रहेन भनेर हामीले राजिनामा दिएका हौँ।

सरकारमा कति दिन रहनुभयो? यो बीचमा केही सिक्ने र जान्ने अवसर मात्रै पाउनु भयो कि  केही काम पनि गर्नुभयो?

सिक्नेभन्दा महत्वपूर्ण कुरा के भन्दा जनताको आकांक्षा र जनताको इच्छाअनुसार केही उत्पादनमूलक कामहरु अगाडि बढ्दै थिए। जुन हामी सरकार गएपछि त्यसलाई संस्थागत हुने गरेर ऐन कानुनहरुलाई परिवर्तन गरेर एउटा ट्रयाकमा लाँदै थियो। अब यसमा तोडमोड हुन पनि सक्छ। त्यसले गर्दाखेरी हामीले एउटा संस्थागत रुपमा जुन सरकार आए पनि केही फरक नपर्नेगरी ऐन कानुन बनाएर अगाडि बढ्दै थियौँ। अगाडि बढ्दै गर्दा केन्द्रमा सत्ता समीकरण फेरिएपछि ब्रेक लागेको हो।

माओवादी कांग्रेस गठबन्धन किन यति छिटो भत्किएको होला? कारण के लाग्छ तपाईंलाई?

अब, गठबन्धन कसरी भत्कियो भन्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल जहिले पनि एउटै किसिमबाट युर्टन भइहाल्ने व्यवहार छ। एकैछिनमा परिवर्तन गर्ने र अर्को सरकार बनाइहाल्ने उहाँको व्‍यवहार सबैलाई थाहै भएको कुरा हो।

योभन्दा अगाडि पनि यस्तै घटनाक्रम भएको थियो। फेरि अहिल्यै अर्को घटनाक्रम बढ्यो। अवश्य पनि यो प्रधानमन्त्री दाहालको कदमले हो।

कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना अझै जीवित छ, यसका लागि यहाँहरु कसरी अगाडि बढ्नुहुन्छ?

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने सम्भावनाहरु पनि छन् त्यसकारण हामी कांग्रेसको नेतृत्वमा सरकार निर्माणका लागि पहल गर्छौं। पहल गरेर पनि असफल भए हामी स्पष्ट रूपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्नेछौँ।

सत्ता मात्रै पनि ठूलो विषय होइन सत्तालाई नै हामीले ताकेको छैनौँ। नेपाली कांग्रेस लोकतन्त्रप्रति विश्वास गर्ने पार्टी हो। सरकारमा जानैपर्छ सरकार नै आवश्यक हामी ठान्दैनौँ। संसदीय प्रणालीमा विपक्षी पनि आवश्यक छ।

मुख्यमन्त्रीलाई विश्वासको मत फेल बनाउन कांग्रेसले कस्तो भूमिका खेल्छ?

हामीले राजीनामा दिएर मार्गप्रशस्त गरेका छौँ। अब मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनुपर्ने हुन्छ। उहाँले विश्वासको मत लिन सक्नुभएन भने हामी प्रक्रियाअुनसार अगाडि बढ्छौँ। र त्यो वातावरण बनाउन हामी अन्य दलका साथीहरुसँग निरन्तर छलफल गर्नेछौँ।

साना दलसँगको सहकार्यको त्यसमा सम्भावना नभएको होइन। अकंगणितको खेल हो। लोकतन्त्रवादी र प्रजातन्त्रवादी संसदीय प्रणालीलाई व्यवस्था गर्नका लागि हाम्रो सहकार्य साना दलसँगको पार्टीसँग हुनसक्छ।

परिवर्तित राजनीतिक कोर्सलाई कसरी हेर्नुभएको छनयाँ गठबन्धनबाट राजनीतिक स्थायित्वको सम्भावना कति देख्नुहुन्छ?

म त  देख्दिनँ। किनभने उहाँहरू कुनैबेला पार्टी नै एउटै बनाएर अघि बढ्‍नुभएको थियो। तर, बीचमा फुट्यो फेरि जुट्यो र फेरि फुट्यो र फेरि जुटेको छ। त्यसले गर्दा अस्थिर किसिमको राजनीति छ। कुनै पनि पार्टीको बहुमत नभएपछि यो नयाँ गठबन्धनबाट पनि स्थायित्वको सम्भावना मैले देखेको छैन। थाहा खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*