‘ओपेनहाइमर’ले सर्वश्रेष्ठ फिल्मसहित ७ विधामा जित्यो ओस्कार अवार्ड

जनपत्र
२८ फाल्गुन २०८०, सोमबार १०:२४

काठमाडौं । यस वर्षको ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ ।

यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो ।

क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे । रोबर्ट डाउने जुनियरले पहिलो ओस्कारको रुपमा यो फिल्मबाट सहायक अभिनेतामा बाजी मारे ।

‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*