कर्णालीमा रक्सी पिउनका लागि निश्चित ठाउँ र समय तोकिने

जनपत्र
२४ भाद्र २०७६, मंगलवार ०५:५४

कर्णाली प्रदेश सरकारले रक्सी पिउनेलाई सीमा निर्धारण गर्ने योजना बनाएको छ । रक्सीले नै हिंसा बढाएकोले बिक्री गर्ने ठाउँ, व्यक्ति र कार्डको व्यवस्थापन गरेर रक्सी नियन्त्रण अभियान गर्ने कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

उहाँले अब दर्ता नभइ रक्सी उत्पादन गर्न नदिने तथा प्रयोग स्थान र समयसीमा निर्धारण गर्ने बताउनुभयो । यसअघि प्रदेश प्रहरी प्रमुख पूर्णचन्द्र जोसीले समेत रक्सी नियन्त्रण अभियान तीव्र पार्ने बताउनुभएको थियो ।

प्रदेश सरकारले यसका लागि कानुन बनाउने मन्त्री भण्डारीको भनाइ छ । होटेलमा रक्सी तथा लागुऔषध सेवन गर्ने कार्य बढेको उल्लेख गर्दै होटेलमा बस्ने हरेक व्यक्तिको पहिचानसहितको तीन पुस्ते विवरण र फोन नम्बर अनिवार्य राख्नुपर्ने, रक्सी बिक्री गर्नका लागि निश्चित स्थान र पिउनका लागि निश्चित समय तोक्ने जस्ता व्यवस्था भएमा हिंसा नहुने उहाँको भनाइ छ ।

मन्त्री भण्डारीले कर्णालीमा लागुऔषध प्रयोगकर्ता र ओसारपसारकर्ता बढेको प्रहरीको तथ्यांक रहेकाले अब निर्मूल गर्न कर्णाली प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*