मनहरीमा नेकपा एसका ३६ जना एमाले प्रवेश

जनपत्र
२७ फाल्गुन २०८०, आईतवार ०७:०३

हेटौंडा । मकवानपुरको मनहरीमा नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला कमिटीका दस्य सहित ३६ जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले मनहरी गाउपालिका कमिटि वडा नंबर–५ कमिटीको आयोजनामा भएको कार्यक्रममा एकिकृत समाजवादी पार्टि जिल्ला सदस्य ईन्द्र कुमारी मिजार सहित ३६ जना समाजवादीका कार्यकर्ताहरू एमालेमा प्रबेश गरेको एमाले मनहरी गाउँकमिटीका अध्यक्ष नविन सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौला, एमालेका मकवानपुर इन्चार्ज देवि ज्ञवाली, एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटीका सदस्य एकराज उप्रेती लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*