हेटौंडा–८ मा मनमोहन स्मृति भवन उदघाटन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा मनमोहन स्मृति भवनका आज उदघाटन गरिएको छ । नेकपा एमाले ८ नंबर वडा कमिटी सहयोग संकलन गरेर यो भवन निर्माण गरेको हो । कुल २० लाख रुपैयाँ लागतमा निर्माण गरिएको भवनको आज नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य गोपाल बहादुर श्रेष्ठले भवन उद्घाटन् गर्नुभयो ।
एमाले जिल्ला कमिटीका सदस्य तथा भवन निर्माण समितिका संयोजक कुमार केसीले भवन निर्माण कसरी भयो को कसबाट सहयोग आयो सहयोग कसरी जुट्यो भवन निर्माण गर्दा भएका बाधा अर्चनाहरू र सहयोगको बारेमा जानकारी दिँदै गराउनु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष बागमती प्रदेश सभा सदस्य कमरेड एकालाल श्रेष्ठ, पाटी कार्यालय सचिव राजन थापा, जिल्ला सदस्यहरूमा, यशोदाकुमारी उप्रेती, सानु लामा, दीपक खड्का, नरेन्द्र भण्डारी, आरती पाठक लगायतकाको उपस्थिति रहेको थियो । पाटीकार्यालयको भवन अन्य कुनै स्रोतबाट पनि बजेट नपरेको र पार्टी कार्यकर्ता शुभचिन्तकहरूको आर्थिक सहयोगबाट मनमोहन अधिकारी स्मृति भवन निर्माण गरिएको हो।









