केकी भन्छिन्, ‘उमेर बढेपछि लोभ बढ्ने रैछ’

‘एक्सप्रेसन क्विन’ को रुपमा चिनिएकी केकी अधिकारीलाई भाग्यमानी अभिनेत्री भन्ने गरिन्छ । उनी अभिनीत फिल्म बक्सअफिसमा सफल नभए पनि व्यस्तता भने अहिलेकी चल्तीको अभिनेत्रीको भन्दा कम छैन । जीवन्त अभिनय गर्ने भएकै कारण उनको हातमा फिल्मको कमी छैन । भिडियोमा पनि उनको डिमान्ड राम्रो छ । सरल व्यबहारका कारण पनि उनी कामविहीन हुनु नपरेको कतिपयको तर्क छ ।
गुणस्तरमा नभइ संख्यात्मक अभिनयमा जोड दिँदा उनले बचेखुचेको क्रेज चौपट बनाइसकेकी छन् । एक समय उनलाई राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको थियो । किनकि, उनको अभिनयले दर्शकको मन जित्ने गरेका थिए । तर, फिल्मले निराश बनाउने श्रृंखला नरोकिएपछि अहिले उनी हातमा आएका जस्तासुकै फिल्म पनि आँखामा पट्टी बाँधेर गर्ने गरेकी छन् ।
फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेर आफूलाई निर्मात्रीको रुपमा पनि चिनाइसकेकी उनको मुखमा आजभोली ‘लोभ’ भन्ने शब्द निकै झुण्डिने गरेको छ । यसको कारण के होला रु आइतबार फिल्म ‘सेल्फी किङ’ को निर्माण घोषणा सभामा उनले उमेर बढ्न थालेपछि स्वतस्फूर्त रुपमा लोभ पनि बढ्दै जाने बताइन् । आजकाल आफूलाई निकै लोभ लाग्ने गरेको उनको भनाई छ ।