लोकतन्त्रको आवरणमा कम्युनिस्ट र कांग्रेसले लुटतन्त्र मच्चाए – अध्यक्ष थापा

जनपत्र
२३ भाद्र २०७६, सोमबार १९:४४

हेटौंडा / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालका कम्युनिष्ट र कांग्रेसले लोकतन्त्रको नामको आवरणमा लुटतन्त्र मच्चाएको आरोप लगाए। सोमबार गृह जिल्ला मकवानपुरका प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री थापाले नेपालमा ठूला नेता, कर्मचारी र व्यापारीको त्रिकोणात्मक गठबन्धनले ठूला(ठूला काण्ड गरेको बताएका हुन्। यस्ता काण्डमा कांग्रेस र कम्युनिष्टको शीर्ष नेताहरूकै हात रहेको बताए।

थापाले नेपालमा सेटिङ मिलाएर अनियन्त्रित रुपमा भ्रष्टाचार भइरहेको बताए। उनले नेकपा र कांग्रेस दुवै सरकार सञ्चालनमा फेल भइसकेको भन्दै आगामी चुनावमा राप्रपा बलियो शक्तिको रुपमा आउने बताएका थिए। उनले आगामी पुसभित्र देशका सबै तहहरू वडा, स्थानीय तह र जिल्लामा राप्रपाको गठन, पुनर्गठन गर्ने बताए। राप्रपाका प्रशिक्षकहरूलाई उनले आगमी कार्ययोजनाको विषय सुनाउँदै २०७७ साल जेठ महिनाभित्र महाधिवेशन गर्ने तयारी गरेको समेत बताएका हुन्।

उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दलितहरू हिन्दु धर्मको कारण पछि परेको अभिव्यक्ति दिएको भन्दै यस्ता अभिव्यक्तिहरू कानुनी रुपमा दण्डनीय भएको बताए। बाबुराम भट्टराईले धार्मिक द्बन्द्ब निम्त्याउन खाजेको पनि थापाले आरोप लगाएका छन्। राप्रपासँग एजेण्डा मिल्ने दलहरूसँग एकता प्रक्रिया पनि भइरहेको भन्दै ढिलो चाँढो एकता हुने संकेत गरेका छन्। कार्यक्रमा राप्रपाका सहायकमन्त्री भक्ति सिटौला, राजाराम वर्तौला, राप्रपाकी एक मात्र प्रदेशसभा सदस्य रीता माझी लगायतको उपस्थिति पनि रहेको थियो। थाहाखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*