क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले क्याम्पसमा भईरहेका नराम्रा गतिबिधिहरुलाई रोक्नुपर्ने वताउनु भएको छ । मकवानपुर बहुमुखी क्याम्पसको १४ औ क्याम्पस सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले क्याम्पसमा सेवा र सुबिधा बढाउने कुरा मात्र गर्ने नभइकन गुणस्तरिय शिक्षा दिनका लागि सबैले ध्यान दिनुपर्ने वताउनुभयो ।
मकवानपुर क्याम्पस देशैभरीमा उत्कृष्ट क्याम्पस रहेको वताउनुभयो । क्याम्पसको कुरा गर्ने र यसको हितमा काम गर्ने क्याम्पस सञ्चालक समिति रहेको वताउँदै उहाँले भन्नुभयो–हामिले यसको हितमा धेरै काम गरेका छौ र हित पनि सोचेका छौ । तर, प्राध्यापक र बिद्यार्थीले पनि आफ्ना हितका लागि मात्र भन्दा पनि सिङ्गो क्याम्पसको हितका लागि सोच्नुपर्छ ।’
सामुदायिक क्याम्पस भएकाले बिद्यार्थीको शुल्कबाट चल्ने भएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने वताउनुभयो । अव स्नातक तहमा नयाँ–नयाँ विषयमा पढाई गर्नका लागि सबैले ध्यान दिनका लागि सुझाव समेत दिनुभयो । कार्यक्रममा राष्ट्रिय सभाका सांसद रामचन्द्र राइ, प्रदेश ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, निवर्तमान अध्यक्ष माइकल रामचन्द्र अर्याल लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
क्याम्पसका जेष्ठ सदस्य सिपी घिमीरेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी, राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष बिष्णु ओझा, प्रदेश सभाका सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगायतकाको उपस्थिती रहेको थियो । क्याम्पसमा तत्कालि कार्यबाहक अध्यक्ष अनन्त पौडेलले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष हिरालाल श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन र क्याम्पस प्रमुख बच्चुराम अधिकारीले समग्र क्याम्पसको गतिबिधिका वारेमा प्रकास पार्नुभएको थियो ।