मकवानपुर क्याम्पसकोे अध्यक्षमा अनन्त पौडेल र लेखा समितिको अध्यक्षमा हरि हुमागाँईं निर्बिरोध निर्वाचित

आठ जना सदस्यका लागि सांसद सहित १४ जनाको उमेदवारी, २८ गते निर्वाचन हुने ।
जनपत्र
२३ भाद्र २०७६, सोमबार १६:५१

हेटौंडा । मकवानपुर जिल्लाकै सबैभन्दा ठुलो मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा अनन्त पौडेल र लेखा समितिको अध्यक्षमा हरि हुमागाईं निर्बिरोध निर्वाचित हुनभएको छ । क्याम्पसको १४ औ क्याम्पस सभाले आज सञ्चालक समितिको अध्यक्षमा पौडेल र लेखा समितिको अध्यक्षमा हुमागाईंलाई निर्बीरोध निर्वाचित गरेको हो ।

यसअघि क्याम्पस सञ्चालक समितिको अध्यक्षमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल हुनुहुन्थ्यो । यसअघि कार्यबाहक अध्यक्ष रहनुभएका पौडेललाई आजको क्याम्पस सभाले अध्यक्षमा निर्वीरोध निर्वाचित गरेको हो । निवर्तमान सभासद समेत रहनुभएका पौडेल लामो समयदेखि क्याम्पस सञ्चालक समितिमा हुनुहुन्थ्यो ।

यसैगरी नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष समेत रहनुभएका हुमागाईको मात्र लेखा समितिको अध्यक्ष पदमा उमेदवारी परेपछी निर्विरोध हुनुभएको हो । निर्बिरोध हुनुभएका दुबै जनालाई प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता केसव काफ्लेले माला र टिका लगाएर बधाई ज्ञापन गर्नुभयो । क्याम्पसको पदेन साधरण सदस्यको रुपमा बिभीन्न संघसंस्थाकाका प्रमुखहरुगरी ५५ जनाको सहभागिता रहेको छ ।

निर्वातिच हुने आठ जना सदस्यका लागि १४ जनाको उमेदावरी परेको छ । जसमा प्रदेश सांसद सहित अरु बिभिन्न निकायका व्यक्तित्वहरु रहेका छन् । १७ सदस्य सञ्चालक समितिमा अरु सदस्यहरु भने पदेन सदस्य रहने क्याम्पसको बिधानमा व्यावस्था छ । आठ जना सदस्यका लागि यही भदौ २८ गते २ बजे निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत काफ्लेले बताउनुभयो । निर्वाचन हुनुभन्दा एक घण्टा अगाडी सम्म सदस्य पदमा उमेदवारी फिर्ता लिन सक्ने व्यावस्था गरिएको छ ।

क्याम्पस सञ्चालक समितिको ८ जनाको सदस्य पदमा बद्रीप्रसाद लंसाल, प्रेमबहादुर पुलामी, बिनोद रिजाल, बिष्णु दाहाल, नवराज बिष्ठ, कृष्ण धिताल, भगवती धिताल, माईकल रामचन्द्र अर्याल, प्रलाद लामिछाने, कुमारी मोक्तान, असोक शाक्य, भिमसेन महत, राजिव सुवेदी, अज्मिर केसीले सदस्यमा उमेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*