देउवाले लोसपा अध्यक्ष ठाकुरलाई भेट्दै

जनपत्र
२३ फाल्गुन २०८०, बुधबार १३:३६

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्ने भएका छन् ।

बुधबार साँझ ४ बजे देउवा निवास बूढानीलकण्ठमा भेट तय भएको लोसपाका नेता सुरेन्द्र झाले जानकारी दिए ।

देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवास कोटेश्वरमा भेटेका थिए । नेपालसँगको भेटमा कांग्रेस नेता रमेश लेखक र देउवा पत्नि आरजु राणा पनि थिए ।

माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि देउवाले अर्को समीकरणका लागि दलहरुका नेताहरुलाई भेट्ने क्रम बढाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*