पाँच महिनायता गृहकार्यमा थिए प्रचण्ड–ओली

जनपत्र
२२ फाल्गुन २०८०, मंगलवार १४:२२

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भित्रभित्रै भेटेको भनी कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग रिसाउनु स्वभाविकै थियो ।

एमाले र माओवादी केन्द्रका नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता ओलीबीच पाँच महिनायता तारन्तार संवाद भइरहेको थियो ।

‘पाँच महिनाको गृहकार्य सफल भएको हो’, एमालेका एक उच्च नेताले अनलाइनखबरसँग मंगलबार बिहान सुनाए, ‘०७४ सालमा एमाले र माओवादीको छलफल दोस्रो तहबाट सुरु भएको थियो । यसपल्ट चाहिँ हाम्रो अध्यक्षज्यू र प्रचण्डजी आफैंले सुरु गर्नुभएको हो ।’

माओवादी स्रोतका अनुसार ओलीसँग विगतमा सहकार्य गर्दा कार्यकारी अभ्यास गर्न नपाएको अनुभूति गरेका प्रचण्डलाई ओलीभन्दा बढ्ता अप्ठेरो देउवा आफैंले पार्न थालेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*