दुई पत्रकारलाई ह्वाइट हाउस छिर्न नदिने ट्रम्पको चेतावनी

जनपत्र
२३ भाद्र २०७६, सोमबार ०६:२८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन पोस्टका दुई जना पत्रकारलाई ह्वाइट हाउसमा छिर्न दिन पनि नहुने बताएका छन् ।  ट्रम्प प्रशासनको आलोचना गर्दै समाचार बनाएको रेकर्ड भेटिएपछि उनले त्यसो गर्न भनेका हुन् । उनले वाशिङटन पोस्टका फिलिप रुकर र आस्ले आर पार्करलाई हल्काफुल्का रिपोर्टर भन्दै उनीहरुलाई ह्वाइट हाउसको ग्राउण्डसम्म पनि आउन दिन नहुने जनाएका हुन् ।

ट्रम्पले शनिबार बिहानै ट्विट गरेर उनीहरुको रिपोर्टिङ ‘घृणित र फेक’ हुने गरेको बताएका छन् । (पोलिटिको)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*