यसकारण ‘पासवर्ड’ मा जोडिइन् सन्नी

जनपत्र
२३ भाद्र २०७६, सोमबार ०६:०९

बलिउड अभिनेत्री सन्नी लियोनीले पहिलो पटक अभिनय गरेको नेपाली फिल्म ‘पासवर्ड’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उनी आबद्ध भएकै कारण यो फिल्म चर्चामा छ । उनले यस फिल्मको एक आइटम गीतमा बोल्ड ठुम्का लगाएकी छन् । यो फिल्मको प्रिमियरमा सहभागी हुन उनी केही दिनमा नेपाल ओर्लिदैछिन् । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।
सामान्य प्रचार गरिएको ‘पासवर्ड’ मा अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारको अभिनय छ । फिल्मको केही सिनमा सन्नीले पनि अभिनय गरेको निर्माण टिमको भनाई छ । नेपालबाट चोरिएर लण्डन पुर्‍याइएको मन्दिरको मुर्ति नेपाल फिर्ता गर्न प्रमुख पात्रले गर्ने संघर्षमा फिल्म घुमेको छ ।
लामो समयदेखि यूकेमा बसोबास गर्दै आएका अभिनेता तथा निर्माता विक्रम जोशीले एक्सन, थ्रीलर र सस्पेन्स जनरामा ‘पासवर्ड’ ले भरपूर मनोरञ्जन दिने दाबी गरेका छन् । यूकेबाट सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले फिल्ममा आफूलाई धनि पिताको एक व्यापारी छोराको भूमिकामा देख्न सक्ने बताए । देशभक्ति युवकको बलियो भूमिकामा आफूलाई उतारेको उनको भनाई छ ।
यस फिल्मका निर्माता मध्येका एक विक्रमले यसअघि आफूले निर्माण र अभिनय गरेको फिल्म ‘ह्याप्पी डेज’ मै अभिनेत्री सन्नीलाई अभिनय गराउने प्रयास गरिएको भएता पनि ठूलो बजेट लाग्ने भएकाले सम्भव नभएको बताए । ‘पासवर्ड’ का लागि अफर गर्दा सन्नीले सहर्ष स्वीकार गरेको उनी बताउँछन् । सन्नीलाई प्रचारका लागि मात्र फिल्ममा नअटाइएको उनको जिकिर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*