मन्त्रीमुखी बजेट छुट्याउने काम रोक्नुपर्छ–सभापति बिडारी
हेटौंडा । प्रत्यायोजन बिद्यायन र सरकारी आश्वासन सम्वन्धी अन्तरक्रिया कार्यक्रम भएको छ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यावस्थापन तथा सरकारी आवश्वासन समितिका सभापति रामनारायण बिडारीले संसदिय अभ्यासमा सांसदहरुको महत्वपूर्ण भुमिका रहने वताउनुभएको छ । प्रत्यायोजन बिद्यायनका लागि कानून नै निर्माण गर्नुपर्ने बेला आएको होकी भन्ने कुरा चलिरहेको उहाँले वताउनुभयो ।
उहाँले भन्नुभयो–‘यो समितिमा देशैभरी उजुरी दिन सक्ने अवस्था रहन सक्छ । अहिले ठुला उजुरी रहेको र त्यसमाथी छानवीन भइरहेको छ ।’ आश्वासन दिएर पुरा नगर्नेलाई घच्घच्याउनका लागि उहाँले सुझाब दिनुभयो । नेपालमा शुसासन कायम गर्नका लागि यो कार्यक्रम गरिएको बिडारीले वताउनुभयो ।
वजेट मन्त्रीमुखी रहेको कुरा प्रदेशमा मात्र होइन संघिय सरकारमा पनि उत्तिकै समस्या रहेको वताउँदै उहाँले भन्नभुयो–‘आफ्नो देश भन्दा निर्वाचन क्षेत्र, जिल्ला, गाउँ टोलमा मात्र ध्यान दिने सांसदलाई मण्डले भनिन्छ । मैले धेरैपटक राष्ट्रिय सभामा यो कुरा उठाएको छु ।’
प्रदेशको कानून बनाउँदा दल केन्द्रीत भन्दा पनि जनता केन्द्रीत बनाएका छौ–सभामुख श्रेष्ठ
प्रदेश नम्बर ३ का सभामुख सानु कुमार श्रेष्ठले हामीकहाँ ऐन, नियम, कानून बनाउँदा दल केन्द्रीत भन्दा पनि जनता केन्द्रीत बनाएको दावि गर्नुभएको छ । संघको कानून संग बाझिनेगरी हामीले कानून नवनाएको उहाँले वताउनुभयो । हामीहरु प्रदेशमा नयाँ छौ तै पनि कानून निर्माणमा संघको नबाझिनेगरी निर्माण गरिरहेको वताउनुभयो । संघियता माथीनै प्रस्न गर्नेगरी स्थानीय तह, प्रदेशको कानूनमाथी मुद्धा हाल्ने समेत भएको पाइएको सभामुख श्रेष्ठले बताउनुभयो ।
प्रत्यायोजन बिद्यायन र सरकारी आश्वासन उपसमितिका संयोजक राधेश्याम अधिकारीले कुनैपनि कानूनमा यती रकम देखि एती रकम सम्म जरिवाना र कैद भनिन्छ तर, यस्तो कानूनको सुधारको खाँचो वताउनुभयो । कुनैपनि कानून निर्माण गर्दा सरकारी अधिकारीहरुले गर्न सक्नेछ भनिएको हुन्छ तर, जनतालेचै कानूनमा गर्नुपर्ने छ भनेर बिभेद गरिएको वताउनुभएको छ । कुनैपनि क्षेत्रमा ऐनले तोकेको अधिकार भन्दा बाहिर गएर काम गरिएको भेटिएको उहाँले वताउनुभयो ।
कार्यक्रममा समितिका सभापति प्रत्यायोजन बिद्यायन र सरकारी आश्वासनको अवधारणा, महत्व, समितिको कार्यक्षेत्र र समितिको हालसम्म गर्दै आएका कामहरुको बिडारीले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सभाका दुईजना सदस्य, प्रदेश ३ का उपसभामुख राधिका तामाङ, प्रदेश ३ का अर्थ समितिका सभापति सरेश नेपाल, प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेल, शिक्षा, स्वास्थ्य, तथा कृषि समितिका सभापति घनश्याम दाहाल, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति रमा आले, प्रमुख सचेतक रामेश्वर फुयाल, प्रमुख प्रतिपक्षक प्रमुख सचेतक राधा घले, प्रदेश सांसदहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेशसभाका समितिका सभापति र सांसदहरुले प्रत्यायोजन बिद्यायन र सरकारी आश्वासनसभाबाट भए गरिएका काम कारवाहीहरु र आगामी योजनाहरुको बारेमा सामुहिक अन्तरक्रिया गरिएको थियो ।