हेटौंडाका बिद्यार्थीको लोभ लाग्दो शैक्षिक सामाग्री प्रर्दशनी
‘हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने मुल नाराका साथ ४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा आज प्रदेशको सामाजिक बिकास मन्त्रालयमा शैक्षिक सामाग्री प्रर्दशनी गरिएको छ । सामाजिक विकाश मन्त्रालयको आयोजनामा हेटौंडाका निजी तथा सरकारी बिद्यालयका बिद्यार्थीले शैक्षिक सामाग्री प्रर्दशनी गरेका हुन् । प्रर्दशनीको प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, सामाजिक बिकाश मन्त्री युवराज दुलाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर एमुना कंडेल लगायतकाले अवलोकन गर्नुभएको थियो ।
हेटौंडाले पनि मनायो शिक्षा दिवस
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज हेटौंडामा ‘हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने मुल नाराका साथ ४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा कार्यक्रम गरिएको छ । उपमहानगरपालिका कार्यवाहक मेयर मिना कुमारी लामाको अध्यक्षता तथा प्रदेश नम्बर ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक अनिल कुमार बानियाँ लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा हेटौंडाका बिभीन्न वडाका वडा अध्यक्षहरु, शिक्षा संग सम्वन्धीत बिभीन्न क्षेत्रका व्यक्तित्वहरु, कार्यपालिकाका सदस्यहरु, बिभीन्न बिद्यालयका शिक्षकहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका एसईई परिक्षामा उत्कृष्ट बिद्यालय र बिद्यार्थीहरुलाई मन्त्री दुलाल र कार्यबाहक मेयर लामाले पुरस्कृत गरिएको थियो ।