शिक्षालाई सुधार गरेर वैज्ञानीक शिक्षा दिनुपर्छ–सभामुख श्रेष्ठ

शिक्षामा तीनै तहको अधिकार छ, कर्तव्य पनि पालना गरौ–मन्त्री दुलाल
जनपत्र
२२ भाद्र २०७६, आईतवार १७:४८

हेटौंडा । हेटौंडामा शिक्षा दिवश बिभीन्न कार्यक्रम गरेर मनाईएको छ । प्रदेश नम्बर ३ को सामाजिक बिकास मन्त्रालयको आयोजनामा ‘हामी सबैको प्रण–सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने मुल नाराका साथ ४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर–३ का सभामुख सानुकुमार श्रेष्ठले परमपरागत रुपमा दिइने शिक्षालाई परिमार्जीत गरेर बैज्ञानीक बनाउनुपर्ने बताउनुभयो । अहिलेको अवस्थामा शिक्षा क्षेत्रमा आमुद परिवर्तन आवस्यक रहेको वताउनुभयो । शिक्षाको क्षेत्रमा यो प्रदेश अगाडी रहेको वताउँदै उहाँले भन्नुभयो–‘प्रदेशमा शिक्षा अगाडीनै छ तर, यो मात्र पर्याप्त छैन । निजी बिद्यालयमा शिक्षा गुणस्तरिय बनाउन सकिने सरकारी बिद्यालयमा किन शिक्षामा सुधार ल्याउन सकिदैन त ?’ प्रदेशमा शिक्षा ऐन पास गरिसकेकाले अव सबैलाई रोजगारी दिन सक्ने कस्तो पाठ्य पुस्तक निर्माण गर्ने हो त्यस तर्फ लाग्नका लागि उहाँले आग्रह गर्नुभयो ।

शिक्षामा तीनै तहको अधिकार छ, कर्तव्य पनि पालना गरौ–मन्त्री दुलाल

प्रदेश नम्बर ३ का सामाजिक विकाश मन्त्री युवराज दुलालले शिक्षा क्षेत्रमा तीनै तहका सरकारको अधिकार भएको अधिकार प्रयोग गर्दै कर्तव्य पनि पालना गर्नुपर्ने बताउनुभएको छ । सार्वजनिक बिद्यालयको सवलीकरण बिना मुलुकको बिकास संभव नभएको वताउँदै उहाँले भन्नुभयो–‘बिगतलाई दोसारोपण गरेर शिक्षामा सुधार आउँदैन । अव सबै मिले राम्रो शिक्षा दिने हो ।’

अव प्रदेशले प्राबिधिक र व्यावसायीक शिक्षालाई वढावा दिने उहाँले वताउनुभयो । राम्रा र उत्कृष्ट बिद्यालयबाट कमजोर बिद्यालयले सिकेर अगाडी बढ्नुपर्ने वताउँदै उहाँले भन्नुभयो–‘बिश्वभरी प्रतिस्पर्धा गर्न सक्ने शिक्षा दिनु अहिलेको आवस्यक्ता हो । राज्यबाट के लिने के पाईन्छ भन्ने कुरा उठीरहन्छ तर राज्यलाई के दिने भन्ने कुरा बुझ्न जरुरी छ ।’

व्यावहारीक शिक्षा अहिलेको आवस्यक्ता–सभापति दाहाल

प्रदेश–३ का कृर्षि, स्वास्थ्य तथा शिक्षा समितिका सभापति घनस्याम दाहालले व्यावहारीक शिक्षा अहिलेको आवस्यक्ता रहेको वताउनुभयो । शिक्षा नीतिमा आमुल परिवर्तन गर्नु अहिलेको आवस्यक्ता रहेको वताउनुभयो । शिक्षा क्षेत्रमा सुधार गर्नका लागि सबै क्षेत्रबाट लाग्नुपर्ने उहाँले वताउनुभयो ।

एक बिद्यालय एक नर्स कार्यक्रम प्रभावकारी छ–आयोग सदस्य कंडेल
प्रदेश नम्बर ३ का प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर एमुना कंडेलले सामाजिक बिकास मन्त्रालयले सञ्चालन गरेको एक बिद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनेको बताउनुभएको छ । प्रदेशका सबै स्थानीय तहमा सुरु गर्न लागिएको यो कार्यक्रम प्रभावकारी बन्दै गएको वताउनुभयो । एक जना महिला शिक्षीत भएमा पुरै परिवार शिक्षीत हुने कडेलले वताउनुभयो । हरेक क्रियाकलापमा बिद्यार्थीलाई सहभागि गराउनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा सामाजिक बिकाश मन्त्रालयले प्रदेशभरीका उत्कृष्ट सामुदायिक र निजी बिद्यालयलाई नगद रकम सहित आज शिक्षा दिवसका अवसरमा पुरस्कृत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*