रुसमा नेपाली युवकको हत्या

जनपत्र
२२ भाद्र २०७६, आईतवार ०८:०५

वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। ३ जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का धुब्रकुमार अहिरका २६ बर्षे छोरा राजकुमार यादवको हत्या गरेका हुन् ।

गत मंगलबार बिहान करिब साढे दुई बजे हत्या भएको हो। मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपात गरी मरणासन्न हुने गरी छोडेका थिए। उनलाई छड आकारमा रहेका धारिलो हतियारले प्रहार गरेका थिए। उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको आफूहरुलाई रुसबाट जानकारी आएको मृतकका भाई श्याम कुमार यादवले जानकारी दिए। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*