नेपाल शिक्षक संघ मकवानपुरको २२ औं जिल्ला प्रतिनिधीसभा

जनपत्र
१२ फाल्गुन २०८०, शनिबार १८:३९

हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुरको २२ औं जिल्ला प्रतिनिधीसभा आज हेटौंडामा भएको छ । कार्यक्रमको नेपाली कांग्रसका सहमहामन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन् गर्नुभयो । उहाँले शिक्षकहरुका वषौदेखिका समस्या रहेको र यसलाई टुङ्गोमा पुर्याउन आफु लागिपरेको बताउनुभयो । शिक्षक संघले शिक्षकहरुका हरेक मुद्धामा हातेमालो गर्दै अगाडी बढेको बताउनुभयो ।

नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांंग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापति रघुरमण न्यौपाने, कांग्रेसका बागमती प्रदेशका प्रवक्ता रामचन्द्र अर्याल माइकल, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य रामकुमार अधिकारी, कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायत, सचिब इश्वर पाठक, सहसचिब इन्दिरा न्यौपाने, क्षेत्र नम्बर–१ का सभापति दामोदर खनाल लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुरका दश वटै स्थानीय तहका शिक्षक संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । शिक्षक संघमा गणेश हुमागाईको नेतृत्वमा आएपछी गरिएका कामका विवरण पनि सार्बजनिक गरिएको छ । कार्यक्रममा सहभागि शिक्षकहरुले हुमागाईको नेतृत्वको कार्यसमितिले शिक्षकका हक हितका निम्ति धेरै राम्रा कामहरु गरेकोमा खुसी व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*