एक दिवसीय क्रिकेट शृङ्खला : नेपाल–क्यानडा तेस्रो खेल खेल्दै

जनपत्र
२९ माघ २०८०, सोमबार ११:४४

काठमाण्डाै – नेपाल–क्यानडाबीच त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाको अन्तिम तथा तेस्रो खेल भइरहेकाे छ ।

कीर्तिपुर क्रिकेट मैदानमा सवा ९ बजेदेखि खेल शुरु भएकाे हाे । शृङ्खलाको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटले क्यानडालाई हराएको थियो ।

नेपाल एक खेल अगावै विजेता बनिसकेको छ । यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक लिग टू शृङ्खला खेल्नेछ । यो खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ ।

नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*