मानब बेचबिखन तथा ओसार–पसार बिरुद्ध हेटौंडामा कार्यक्रम

मकवानपुर भएर मानव ओसार पसार गर्ने केन्द्र वसपार्कमै बेचबिखनको बिरुद्धको कार्यक्रम र नाटक प्रर्दशन ।
जनपत्र
२० भाद्र २०७६, शुक्रबार १५:४८

हेटौंडा । मुलुकका धेरै जिल्ला मध्यमा मानव बेच बिखन वढी हुने जिल्लाको रुपमा मकवानपुर पनि परिचित छ । ‘‘सरकारको प्रतिवद्धताः मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण हाम्रो एक्यवद्धता’’ भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको १३ औ राष्ट्रिय दिवस आज हेटौंडाको बसपार्कमा भव्य कार्यक्रम गरेर मनाइएको हो । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम गरिएको हो ।

हेटौंडाको बसपार्क भएरनै धेरै महिला तथा बालबालिकाहरु बेचिएको भन्दै यसैलाई केन्द्र मानेर यस क्षेत्रमा वढी प्रचार प्रसार गर्ने उदेस्यले कार्यक्रम गरिएको हो । औपचारिक कार्यक्रम सुरु हुनु भन्दा अगाडी हेटौंडाको भुटनदेबि माध्यमिक बिद्यालयबाट ¥याली निकालएिको थियो । हेटौंडाको स्कुलरोड, मेनरोड, रापती रोड हुँदै बसपार्कमा सभामा परिणत भएको थियो । बिभीन्न सरकारी तथा गैरसरकारी संघसंस्था, नेपाली सेना, जनपथ प्रहरी, ससस्त्र प्रहरी लगायतकाको सहभागितामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा माईती नेपालमा आवद्ध बालिकाहरुले मानब बेचबिखनलाई रोक्नका लागि सन्देस दिने उदेस्यले नाटक प्रस्तुत गरेका थिए । बालिकाहरुले प्रस्तुत गरेको नाटक हेरेपछी धेरैका आखा रसाएका थिए । नाटकमा बेचबिवखनपछी पर्ने समस्या, यसको जोखिमका बिषयमा जानकारी गराइएको थियो ।

मानब बेचविखनको रोक्ने तीन जना सम्मानित

मानव बेचविखनको अभियानमा सहयोग गर्ने तीन जनालाई आज प्रदेश नम्बर ३ को सामाजिक विकास मनत्रालयले सम्मान गरेको छ । यो अभियानमा लाग्नुहुने मकवानपुरकी दिलमायाँ घले, बाराका सवारी चालक केसव पनेरु र हेटौंडाका सागर स्याङतानलाई सम्मानित गरिएको हो । तीनै जनालाई प्रदेश प्रमुख अनुराधा कोइरालाल र प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले नगद रकम सहित सम्मान गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*