स्वदेश फर्किए प्रधानमन्त्री ओली, पत्रकारसँग बोलेनन्

जनपत्र
२० भाद्र २०७६, शुक्रबार १३:२४

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्केका छन् । स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लेका छन् । उनी थाई एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनी भदौ पाँच गते उपचारका लागि सिंगापुर गउका थिए ।

उनको उपचार प्रक्रिया गत बुधबार सकिएको थियो । स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारसँग कुनै प्रतिक्रिया दिएनन् । प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतले विमानस्थलमा स्वागत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*