कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

जनपत्र
२३ माघ २०८०, मंगलवार १२:३०

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधनको शोक प्रस्तावको विषयमा बैठक बस्न लागेको हो । बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*