प्रदेश–३ का महत्वपूर्ण कार्यक्रमः योजना सकिदा जनताले सरकारको अनुभुती गर्छन

नीति र कार्यक्रम बन्नु मात्र ठुलो कुरा होइन, योजना कार्यान्वयन हुनु सबै भन्दा महत्वपूर्ण काम भएकाले यसतर्फ सबै लाग्नुपर्छ ।
डा. यमुना कंडेल
२० भाद्र २०७६, शुक्रबार १२:४१

प्रदेश नम्बर ३ ले चालु आर्थिक वर्षमा जनताले अनुभुती गर्ने निकै महत्वपूर्ण कार्यक्रम ल्याएको । प्रदेशको नीति तथा कार्यक्रम संगै कार्यान्वयनको चरण पनि गएको छ । प्रदेशका कुनैपनि कार्यक्रम सकिदा जनताले प्रदेश सरकारको अनुभूतिगर्न पाउने छन् । प्रदेशका १३ वटै जिल्लामा सरकार भएको अनुभुती गर्न पाउनेछन् ।

प्रदेशको सामाजिक आर्थिक रुपान्तरणका लागि प्रदेश सरकारले तय गरेको आवधिक योजनाको आधार पत्रको आधारमा आवधिक योजना तयार गर्नु पर्ने हुन्छ । आवधिक योजनामा निर्धारण गरिएका लक्ष्य प्राप्तिका निम्ति हाम्रा बार्षिक नीति तथा कार्यक्रमहरु र तदानुसारका बजेट बिनियोजन भएकि भएनन् भन्ने बिषय पनि महत्वपूर्ण हुन आउछ्र । कार्यान्वयनको पाटो त यसै पनि महत्वपूर्ण रहन्छ किनकि नीति कार्यक्रम र बजेटले मात्र त समाजमा जनताले बिकाशको अनुभूति गर्न पाउदैनन् ।

हाम्रा नीति तथा कार्यक्रमहरु जति बास्तबिकतामा आधारित हुन्छन् त्यति नै बजेट बिनियोजन गर्न सजिलो हुन्छ र प्रतिफल पनि त्यतिकै उत्तम हुन आउछ्र । प्रदेशमा नीति र कार्यक्रम बन्नु मात्र ठुलो कुरा होइन, योजना कार्यान्वयन हुनु सबै भन्दा महत्वपूर्ण काम भएकाले यसतर्फ सबै लाग्नुपर्छ । सबै कर्मचारी, जनप्रतिनिधिको यसतर्फ जिम्मेवार भएर लागेमा योजना कार्यान्वयन हुन्छ र काम गरेकोमा जनताले स्यावासी समेत दिने छन् ।

जनतालाई प्रभाव पार्ने योजनाहरु

योजनाहरुका प्रकारका बारेमा बर्गिकरण गर्नु पर्दा बृहत रुपमा प्रभाब पार्ने र क्षेत्रगत रुपमा परिवर्तन ल्याउने खालका योजनाहरुलाई या रुपान्तरणकारी योजनाका रुपमा लिन सकिन्छ । यद्धपि अझै हामी यसमा छलफलकै अबस्थामा छौ भन्न सकिन्छ । सामान्यतया बहुबर्षीय भौतिक (पूर्वाधारसंग सम्बन्धित या माटो र बाटो संग सम्बन्धित ठ्याक्कै देखिने खालका योजनालाई रुपान्तरणकारी योजनाका रुपमा मान्ने केहि नेतृत्व वर्ग पनि हाम्रो समाजमा विद्धमान छन् ।

यसकारणले पनि हुन सक्छ कि भौतिक पूर्वाधार क्षेत्र भनेको सम्पूर्ण विकासकै पूर्वाधारकै रुपमा पनि लिने गरिन्छ । फरक यति मात्रै हो कि भौतिक पूर्वाधार क्षेत्रको प्रतिफल तुरुन्तै ४–५ बर्षमा नै देख्न र भोग्न पाइन्छ भने सामाजिक क्षेत्रको विकासमा पनि अझ शिक्षाको गुणस्तर बिकासका योजनाको प्रतिफल प्राप्त गर्न १५–२० बर्ष नै कुर्नुपर्ने हुनआउछ । यसै क्रममा बजेटका हिसाबले तेस्रो र नीति तथा कार्यक्रम संचालनका हिसाबले प्रदेश नम्बर तीनका केहि नितान्त मौलिक र रुपान्तरणकारी योजनाहरु प्रस्तुत गर्दै छु्र ती योजना तथा कार्यक्रम हरु यसप्रकार विधागत रुपमा बर्गिकरण गरिएको छ ।

प्रदेशका भौतिक पूर्वाधार निर्माणका महत्वपूर्ण काम

दासढुंगा –गाजीपुर बृहत परियोजना जुन डीपीआर समेत सम्पन्न भइसकेको छ । त्यसैगरी पुष्पलाल प्रदेश चक्रपथ रामेछाप–दोलखा –सिन्धुपाल्चोक –नुवाकोट –धादिङ, चितवन –मकवानपुर –सिन्धुली –काभ्रे) , पोस्ट बहादुर बोगटी (भीमफेदी (कुलेखानी) सुरुङमार्ग परियोजना, विद्युतीय सवारी साधन सञ्चालनलाई प्रोत्साहन, एक घर एक धारा कार्यक्रम सञ्चालन, एकीकृत सरकारी भवन र आवास निर्माण आदि कार्यक्रम निकैनै महत्वपूर्ण छन् ।

भुमि व्यवस्था, कृषि तथा सहकारी क्षेत्रसंग सम्बन्धित योजनाहरु

बृहत कृषि खेती, सिन्धुली जिल्लाको दुधौली नगरपालिका र चितवन जिल्लाको माडीमा एकीकृत कृषि विकास फर्म रसामुहिक खेति, कृषि औजार कारखाना , धुलो (पाउडर) दुध प्लान, बृहत स्याउ खेति, बृहत बाख्रा पालन बिकास , बृहत आलु विकास कार्यक्रम, नमुना गाई पालन कार्यक्रम, कृषि बजार र संग्रह केन्द्र –काठमाण्डौ र बृहत फलफूल रोपण कार्यक्रम ( १० लाख भन्दा बढी बिरुवा )आदि रहेका छन् । यी कार्यक्रमलाई अझै थप प्रभावकारी बनाएर अगाढी वढाउनका लागि सरकार लागिपरेको छ ।

सामाजिक विकास क्षेत्रसंग सम्बन्धित योजनाहरु

सामाजिक बिकास मन्त्रालय अन्तरगतको एक बिद्यालय एक नर्स कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रमलाई अरु प्रदेशले पनि सिको गर्दै काम गर्न लागेका छन् । प्रदेशका जनतामाझ देखिने महत्वपूर्ण कामका रुपमा यस कार्यक्रमलाई लिइएको छ । प्रत्येक स्थानीय तहमा संघीय सरकारको सहकार्यमा १५ शैयासम्मको अस्पताल निर्माण निर्माण गरिदै छ । हेटौडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रुपमा बिकास गर्नका लागि कानून पास भएर अव कार्यान्वयनका रुपमा लगिदै छ ।

मकवानपुरको गौरिटारमा अन्तर्रा्ष्ट्रिय खेलकुद प्रशिक्षण प्रतिष्ठान र प्रदेशभित्र ११ वटा रंगशाला, २१ वटा कभर्डहल र ३३ वटा खेलमैदान निर्माण हुँदैछन् । यसैगरी प्रदेश बिश्वबिद्यालय स्थापना र संचालन, प्रदेश बिकाश स्वएमसेवक ११६ जना गत वर्षका र यस आबमा पनि प्रदेश बिकाश स्वएम सेवक थप्ने योजना छ । यसैगरी छोरी बुहारी उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम, सिन्धुपाल्चोकमा बहुप्राविधिक बिश्वबिद्यालय र मुख्यमन्त्री स्वास्थ्य परिक्षण कार्यक्रम पनि रुपान्तरणकारी कार्यक्रमका रुपमा अगाढी बढेका छन् ।

उद्योग, पर्यटन तथा बन क्षेत्रमा गर्न लागिएका महत्वपूर्ण काम

प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले महत्वपूर्ण रुपमा आफ्ना कामलाई अगाढी बढाएको छ । मन्त्रालय संग सम्वन्धित मकवानपुरको मनहरी र सिन्धुलीको मरिनमा औधोगिक क्षेत्र बिकाश कार्यक्रम प्रभावकारी वन्दै छ । प्रदेशभित्र दशवटा नँया पर्यटकीय गन्तब्य पहिचान र प्रवर्धन, सन् २०२० देखि २०३० सम्मको अवधिलाई प्रदेश भ्रमण दशकको रुपमा मनाइने कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाढी बढाउन लागिएको छ । यसको प्रचार प्रसार प्रदेशभरी व्यापक रुपमा भएको छ । मकवानपुरको मनहरीमा कागज कारखाना स्थापना गर्ने जस्ता कार्यक्रमहरु रुपान्तरणकारी देखिन आउछन ।

प्रदेशका सबै उल्लेखित बिबिध योजनाहरुसंगै अब बन्ने हाम्रा नीति तथा कार्यक्रमहरु सामाजिक न्याय सहितको विकास नीति आबश्यक छ । गरिबी र असमानताका खाडलहरू पुर्ने बहु आयामिक नीतिहरु बन्नुपर्छ र कार्यान्वयन पक्ष पनि सबल र निष्पक्ष बनाउनु पर्छ्र । तत्कालका फाइदाका योजनाहरु भन्दा पनि दिर्घकालिन सोच सहितका योजनाहरु बन्नु आबश्यक छ । त्यसैगरी समानुपातिक , समाबेसी र सहभागितामुलक बिधिलाई योजना छनौट प्रक्रिया देखिनै ध्यान दिदै स्थानीय तहको भूमिकालाई पनि भरपुर उपयोग गर्नुपर्ने देखिन्छ । सरोकारवाला हामी सबैमा सामाजिक आर्थिक रुपान्तरणकालागि सर्बपर्थम हाम्रो सोचमा नै रुपान्तरणको खाचो छ ।

लेखक प्रदेश नम्बर ३ , प्रदेश नीति तथा योजना आयोगका सदस्य हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*