हेटौंडा–१२ मा एमालेको प्रशिक्षण

जनपत्र
१९ माघ २०८०, शुक्रबार १९:४२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर–१२ मा नेकपा एमाले प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम भएको छ । एमाले १२ नबर वडाका अध्यक्ष बखानसिंह घलानको अध्यक्षता तथा एमाले जिल्ला कमिटी मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै उहाँले अब एमालेले आउँदो तीनै तहको चुनाबमा जित हासिल गर्ने र सरकार बनाउने बताउनुभयो । टोल कमिटी देखि केन्द्रीय कमिटी सम्मका नेता कार्यकर्ताहरु अबको चुनाबमा जित हासिल गर्नका लागि लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका नगर कमिटीका नेता गोकर्ण तिवारी, जिल्ला कमिटीका सदस्य शिबहरी दाहालले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा ४७ जना नयाँ संगठित सदस्यहरुलाई प्रमुख अतिथी दाहालले शपथग्रहण गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*