एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा

जनपत्र
१७ माघ २०८०, बुधबार १२:००

काठमाण्डाै – एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

कतारमा गएराति भएको खेलमा थाइल्याण्डलाई २–१ गाेलले हराउँदै उज्वेकिस्तान क्वाटरफाइनलमा पुगेको हो ।

यस्तै, हिजोको अर्को खेलमा साउदी अरेबियालाई पेनाल्टीमा ४–२ ले हराएर दक्षिण कोरिया क्वाटरफाइनलमा पुगेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ गाेलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

दक्षिण कोरियाले अब क्वाटरफाइनलमा अष्ट्रेलियासँग खेल्ने छ । एसियन कपमा आज क्वाटरफाइनल अघिका दुई वटा खेल हुँदैछन् । आज बहराइन र जापान तथा इरान र सिरिया खेल्ने तालिका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*