एसियन कप फुटबलमा जोर्डन र कतार क्वार्टरफाइनलमा

जनपत्र
१६ माघ २०८०, मंगलवार १०:३१

काठमाण्डाै – एएफसी एसियनकप फुटबलमा जोर्डन र कतार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्  । कतारमा जारी प्रतियोगितामा हिजो भएको खेलमा जोर्डनले इराकलाई ३–२ गोलले हराएर अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

जोर्डनले अब सेमिफाइनल प्रवेशका लागि ताजिकिस्तानसँग  पर्सि फेब्रुअरी २ मा खेल्नेछ । गएराति भएको अर्को खेलमा प्यालेस्टाइनलाई २–१ गोलले हराएर कतार क्वार्टरफाइनलमा पुगेको हो । आज उज्वेकिस्तान र थाइल्याण्ड तथा साउदी अरेबिया र दक्षिण कोरियाबीच खेल हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*